फाइल तस्वीर

उदयपुर– देशकै ठूलो उत्पादन क्षमता भएको उदयपुर सिमेन्ट उद्योग खुलाउन त्यहाँ आन्दोलन सुरु भएको छ । उक्त उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका कामदारहरु आन्दोलनमा उत्रिएका हुन् ।

केही समयदेखि बन्दको अवस्थामा रहेको उक्त उद्योगमा कार्यरत मजदुरहरूको चारवटा सङ्गठनहरुले उद्योगका महाप्रवन्धकलाई संयुक्त रुपमा हस्ताक्षरित ज्ञापनपत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेका छन् । उक्त सिमेन्ट उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपानेलाई घेराउ गरी बन्द रहेको उद्योग तत्काल सञ्चालन गर्न दवाव दिएका छन् ।

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग १७ दिनदेखि बन्द रहेको छ । उद्योगलाई आवश्यक पर्ने कोइलाको आपूर्ति सहज नभएकोले सिमेन्ट उत्पादनमा समस्या पैदाभएको उद्योगको भनाइ छ । बन्द पछि केही दिन सञ्चालनमा अएको उद्योग हप्ता दिन नबित्दै पुनः बन्द हुन पुग्दा त्यहाँ काम गर्ने कर्मचारी र मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।

जापाजिन प्रविधिमा स्थापना भएको उक्त सिमेन्ट उद्योगको उत्पादन गुणस्तरीय भएको र उपभोगहरुको पहिलो माग पनि उदयपुर सिमेन्ट नै रहेको छ । तर उद्योगमा चरम राजनीतिक हस्तक्षेपले धरासायी बन्दै आएको छ । सरकारी स्वामित्वमा रहेका कुनैपनि यस्ता उद्योग छैनन् जो विवादमुक्त र राजनीतिक हस्तक्षेप नभएका । निजी क्षेत्रका उद्योग व्यवसायहरु फस्टाउने र मुलुककै लगानीमा स्थापना भएका उद्योगहरुको अवस्था नाजुक हुँदै जानुमा राजनीतिक हस्तक्षेप र संस्थाभित्र मौलाएको भ्रष्टचार हो भन्ने आन्दोलनरत मजदुरहरुको बुझाइ छ ।

उद्योगलाई आवश्यक पर्ने कोइला अभाव भएपछि बन्द भएको थियो । कोइला आपूर्ति भएपछि असोज ९ गतेबाट सञ्चालनमा आएको उक्त सिमेन्ट उद्योग कोइला अभावकै कारण पुनः असोज १४ गतेदेखि बन्द हुन पुगेको छ । कोइला अभावकै कारण दुई महिनाको बिचमा उदयपुर सिमेन्ट उद्योग तीन पटक बन्द भैसकेको छ । उक्त उद्योग राजनीतिक हस्तक्षेप, फितलो प्रशासन र कोइला आपूर्तिकर्ताको लापरबाहीको शिकार बन्दै आएको त्यहाँ कार्यरत कर्मचारी, मजदुरहरुले बताएका छन् ।
उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ ।

दैनिक ८१० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगलाई आवश्यक पर्ने कोइला अभाव भएपछि बन्द भएको थियो । कोइला आपूर्ति भएपछि असोज ९ गतेबाट सञ्चालनमा आएको उक्त सिमेन्ट उद्योग कोइला अभावकै कारण पुनः असोज १४ गतेदेखि बन्द हुन पुगेको छ । कोइला अभावकै कारण दुई महिनाको बिचमा उदयपुर सिमेन्ट उद्योग तीन पटक बन्द भैसकेको छ । उक्त उद्योग राजनीतिक हस्तक्षेप, फितलो प्रशासन र कोइला आपूर्तिकर्ताको लापरबाहीको शिकार बन्दै आएको त्यहाँ कार्यरत कर्मचारी, मजदुरहरुले बताएका छन् ।