काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजारमा ९ दशमलव ६९ अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल २२१ कम्पनीको कारोबार भएकामा २५ लाख ७४ हजार कित्ता सेयर मात्रै बिक्री भएको हो । १६ हजार पटकमात्रै भएको कारोबारमा ८० करोडको मात्र किनबेच भएको छ ।

आज व्यापार, होटल र पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, सामूहिक लगानी कोष र लगानी समूहको सूचक घटेको हो ।

आज ३० वटा कम्पनीको सेयर बढे पनि १४८ वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ। अभियान लघुवित्त, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतका सेयरधनीले कमाए पनि अन्यले उल्लेख्य कमाउन सकेनन् । आज एभरेष्ट बैंक लिमिटेडको ८ करोडको सेयर किनबेच भएको छ । लगानीकर्ताले १० प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन् ।