काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार १ सय ६२ कोरोना परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ सय ३४ पीसीआर परीक्षण गर्दा २८ जना र ५ सय २८ एन्टीजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर ६ सय ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।