फाइल तस्वीर

पोखरा– नवौँ राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका एक खेलाडीको निधन भएको छ । क्रसकन्ट्री प्याराग्लाईडिङ खेल चल्दै गर्दा ब्लु स्काई कम्पनीको प्याराग्लाईडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात करिब १०० मिटर माथिबाट सारङकोटस्थित जमिनमा खस्दा आर्मीका कास्की पोखराका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

घाइते भएपछि उनलाई उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा उनको मृत्यु भएको घोषणा गरेका थिए ।