काठमाडौं – एनसीसी बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । नेपाल स्टक एक्सचेञ्जलाई दिएको जानकारीअनुसार कम्पनीले ११ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीले आफ्ना लगानीकर्तालाई ३ दशमलव ३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । यस्तै, ७ दशमलव ६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख ६६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकले हाल कायम रहेको कम्पनीको चुक्तापूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँको उक्त प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकको ९१० औं बोर्ड बैठकले गरेको लाभांश वितरणको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।