फाइल तस्वीर

काठमाडौं – साताको पहिलो दिन आज आइतबार बजार खुल्ला नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज एकैदिन सुन प्रतिताला एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैंयामा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

आइतबार चाँदीको मूल्यमा पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । नेपाली बजारमा चाँदी प्रतितोला एक हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।