काठमाडौं – नेपालमा थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । सो अवधिमा २६ सङ्क्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ३८ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।