फाइल तस्वीर

पोखरा – गण्डकी प्रदेशले आयोजना गरेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज शुक्रवार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ टिमले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशमा रहेको म्याग्दी जिल्लाको बेनीमा आज भएको उक्त खेलमा एपिएफ टिमले सहज जित निकालेको हो ।

गण्डकी प्रदेशको सबै जिल्लामा नवौं राष्ट्रिय खेलकुदका विभिन्न खेलहरु खेलाउने क्रममा म्याग्दीको बेनीमा सञ्चालित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफले कर्णाली प्रदेशलाई लगातार सोझो तीन सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५–६, दोस्रो सेटमा २५–२ र तेस्रो सेटमा २५–७ को सहज जित निकालेको हो ।

आजको दोस्रो खेल बागमती र प्रदेश १ तथा दिउँसो विभागीय टिम नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच हुने भएको छ । यस अघि हिजो बिहीबार भएको खेलमा आयोजक गण्डकी प्रदेशकले सुदूरपश्चिम प्रदेश टिमलाई हराएको थियो ।