काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।