फाइल तस्वीर
कास्की – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आजदेखि औपचारिक सुरु हुँदैछ । प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताउनुभयो । उहाँले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका लागि सबैको साथ आवश्यक रहेको धारणा राख्नुभयो । पोखरा रङ्गशालाको अत्याधुनिक फुटबल स्टेडियममा नेपाली सेनाको मार्चपासबाट उद्घाटन समारोह सुरुवात हुनेछ ।

राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै केही खेल सुरु भइसकेको छन् । महिला क्रिकेट, फेन्सिङ, ह्याण्डबल लगायतका केही खेल असोज २३ देखीनै सुरु भएका हुन् । आज शुक्रबारदेखि खेल औपचारिक रुपमा सुरु हुन लागेको हो ।