फाइल तस्वीर

काठमाडौं– साताको पाँचौं दिन आज बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसूचक ४ दशमलव १५ अङ्कले बढेर १८७० दशमलव ६३ विन्दुमा पुगेको छ ।

बिहीबार ८२ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि विगत केही दिनको तुलनामा सामान्य सुधार भएको छ । पछिल्लो केही समयदेखि नेप्सेमा साइडवेज मुभमेन्ट देखिएको छ ।

आज हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक हरियो बनेका छन् । २२२ कम्पनीको २६ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । तीन करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।