काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ७२५ पीसीआर तथा १ हजार ६१ एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ । बिहीबार २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ६ सय २२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।