काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ हिजोकै मूल्य अर्थात प्रतितोला ९४ हजार २ सय रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ आज १० रुपैयाँले घटेर एक हजार १ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।