फाइल तस्वीर

किभ – युक्रेनमा रुसले गरेको पछिल्लो सैन्य कारवाहीमा ७ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको एभडिभ्का सहरको अग्रमोर्चा नजिक भएको उक्त आक्रमणमा परी अन्य ८ जना नागरिक घाइते भएको त्यहाँका क्षेत्रीय गभर्नरलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

रुसी सेनाले धेरै मानिसहरु रहेको समयमा अवडिभकाको केन्द्रीय बजारमा आक्रमण भएको दोनेत्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले बताएका छन् । युक्रेनले रुस र क्रिमियालाई जोड्ने पुलमा शक्तिशाली विस्फोट गराएपछि किभविरुद्ध मस्को आक्रमक भएको छ । यसअघि रुसले राजधानी किभलगायत युक्रेनका विभिन्न सहरमा हमला गर्दा १० जनाको मृत्यु भएको थियो । रुसी आक्रमणका कारण त्यहाँ विकासका पूर्वाधारहरूमा ठूलो क्षति पुगेको बताइएको छ ।