किभ – युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ ।

एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक शीर्ष अधिकारीले चेतावनी दिएका छन्। ‘यदि तपाईले युक्रेन युद्धलाई हेर्नुभयो भने त्यहाँ एकभन्दा बढी च्यानल छन् जसमार्फत यसले एसियालाई प्रभावित गरेको छ। अवश्य पनि एउटा गिर्दो बाह्य माग हो। एसियाको रुससँग धेरै बलियो व्यापार सम्बन्ध छैन ।’

तर, युरोपसँग एसियाली बजार सम्बन्ध धेरै उच्च छ। त्यो हदसम्म युरोप युक्रेन युद्धबाट प्रभावित छ। यसले एसियाली देशको बाह्य मागमा असर गर्छ’,आईएमएफको एसिया तथा प्रसान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले भने। युद्धपछि खाद्यान्न तथा सामग्रीको मूल्यमा वृद्धि भएको उनको भनाई छ ।

श्रीनिवासनका अनुसार व्यापार अनिश्चितता अर्को विषय हो।