फाइल तस्वीर

सुर्खेत – पाँच दिनसम्मको लगातार वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर ७ सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् ।

प्रहरीको तथ्याङ्कअनुसार ७१५ घरपरिवारका चार हजार १०५ जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका एक हजार १०२ जना विस्थापित भएका छन् भने सबैभन्दा कम जाजरकोटका र रुकुमपश्चिममा तीन÷तीन घरपरिवारका ३० जना व्यक्ति विस्थापित भएका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुर्खेतका आठ घरपरिवारका ४५ जना, दैलेखका २४ घरपरिवारका ९१ जना, सल्यानका ६० घरपरिवारका २२१ जना, जुम्लामा १८७ घरपरिवारका एक हजार १६६ जना विस्थापित भएक प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

कालीकोटमा १६७ घर परिवारका एक हजार २६९ जना, हुम्लाका ४५ घरपरिवारका १८१ जना विस्थापित भएका छन् भने डोल्पामा चार घरपरिवार विस्थापित भएका छन् । प्रहरीका तथ्याङ्कअनुसार मृतकको सङ्ख्या ३६ पुगेको छ ।

राहत र उद्धारका लागि एक हजार ९३८ प्रहरी खटाइएको सूचना अधिकार श्रेष्ठले जानकारी दिए । प्रतिकूल मौसमका कारण लिइएको राहत सामग्री प्रभावित व्यक्तिलाई वितरण गर्न नसकिएको जनाइएको छ । रासस