काठमाडौं –साताको चौथो दिन आज नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । आज बुधबार नेप्से परिसूचक ११ दशमलव ३२ अङ्कले बढेर १८६६ दशमलव ४८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ दशमलव ४८ अङ्कले, फ्लोट इण्डेक्स ० दशमलव ८१ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ०३ अङ्कले बढेको छ ।
आज कारोबारमा आएका २२३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मङ्गलबारको तुलनामा बुधबार कारोबार रकममा पनि सामान्य सुधार भएको छ । बुधबार नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक २.६७ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक २.०९ प्रतिशत बढेको छ ।
आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने एभरेष्ट बैंकको ऋणपत्रको मुल्य ९दशमलव ८३ प्रतिशत घटेको छ । बुधवार नबिल बैंकको २ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।