काठमाडौं – नेपालमा आज थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ४३ पीसीआर परीक्षणमा ४५ जना र ९ सय ८० एन्टिजेन परीक्षणमा ६ जनामा गरी ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण पनि कसैको मृत्यु भएको छैन भने थप २२ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

हाल नेपालमा ५ सय ९८ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।