एजेन्सी – भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि दुर्घटनाग्रस्त विमानको पाइलटलाई सुरक्षित रुपमा बचाउन सकिएको छ ।

यो विमान उडान पछि आफ्नो आधारमा फर्किरहेको थियो । प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण प्राविधिक गडबडी रहेको बताइएको छ । नौसेनाले बोर्ड अफ इन्क्वायरीलाई आदेश दिएको छ ।