फाइल तस्वीर

काठमाडौं – साताको चौंथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपियाँले वृद्धि भएको छ । हिजो मङ्गलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज प्रतितोला दुई सय रुपैयाँले वृद्धि भै ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

महासङ्घले जनाए अनुसार आज तेजाबी सुन प्रतितोला मूल्य ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सेतो धातु चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।