काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ३५ जना र १ हजार ६ सय ४३ पिसिआर परीक्षणका क्रममा ९ जनामा गरी ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो ३४ घण्टामा २९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन ।

हाल नेपालमा ५ सय ७५ सक्रिय सङ्क्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।