काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी, चाँदीको मूल्य समेत आज प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।