साङ्केतिक तस्वीर
वीरगञ्ज – करेन्ट लागेर वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर वीरगञ्ज महानगरपालिका– २६ रामकिशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको हो ।
अन्सारीलाई विद्युतको पोलको तारमा अचानक करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यसैगरी, वीरगञ्ज महानगरपालिका–८ बसपार्कस्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रम्मा ज्यालादारीमा काम गर्ने पर्सा वीरगञ्ज महानगरपालिका– ९ रानिघाट बस्ने ६० वर्षीय ध्रुवप्रसाद साहको मृत्यु भएको छ ।
करेन्ट लागेर घाइते भएका साहलाई उपचारको लागि आसाराम अस्पतालमा वीरगञ्ज पठाइएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।