काठमाडौं –देशभर पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ५ सय ४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा गरी २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्केका छन् भने नेपालमा हालसम्म कोरोना कोरोना भाइरसको सङ्क्रमणबाट १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।