प्रतिकात्मक तस्वीर

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरीकाअनुसार घटनामा ५ घाइते छन् । लगातारको वर्षाले स्थानीय मानवीर विकको घर पहिरोले पुरेको हो ।

प्रहरीकाअनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् । घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेकोे छ ।