काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । गए राति घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गर्दा लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक–एक गोल गरेका थिए । घरेलु टिम आर्सनलको जितमा बुकायो साकाले दुई र गाब्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले समान १–१ गोल गरे । खेलको पहिलो मिनेटमै गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई १–० गोलको अग्रता दिलाए । खेलको ३४औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा पु¥याएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा बुकायो साकाले गोल गरेपछि आर्सनलले लिभरपुलविरुद्ध २–१ गोलको अग्रता बनायो ।

खेलको ५३औँ मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरी दिलाए । तर खेलको ७६औँ मिनेटमा आर्सनलले पेनाल्टी पायो । पेनाल्टीबाट बुकायो साकाले गोल गर्दै आर्सनललाई ३–२ गोलको जित दिलाए । यो जितसँगै आर्सनल लिगको शीर्ष स्थानमा पुनः उक्लिएको छ । यता, १० औँ स्थानमा रहेको लिभरपुलले भने जितसँगै आठौँ स्थानमा उक्लिने मौका गुमाएको छ । आर्सनलले ९ खेलबाट २४ अंक जोडेको छ भने १० अंक जोडेको लिभरपुल १०औँ स्थानमै छ । लिगको दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको नौ खेलबाट २३ अङ्क छ ।