काराकस – मध्य भेनेजुएलामा पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । भारी वर्षापछि नदीको प्रवाह बढ्दा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् । ऐतिहासिक रूपमा उच्च वर्षाको परिणाम स्वरूप संकटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।

‘हामीले यहाँ धेरै ठूलो मानवीय क्षति देखिरहेका छौँ । अहिलेसम्म २२ जनाको मृत्यु भएको फेला पारेका छौँ । त्यहाँ ५२ जनाभन्दा बढी व्यक्ति बेपत्ता छन्’, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भनेका छन्।

बाढीले दर्जनौँ घर तथा व्यवसाय ध्वस्त भएका छन् भने रुख, माटो र भग्नावशेषले सडक ढाकिएको छ । करिब एक हजार मानिस उद्धार कार्यमा सामेल भएका आन्तरिक तथा न्याय मन्त्री रेमिगियो सेबालोसले जानकारी दिए । एजेन्सी