काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ६१ जनामा गरिएको नमुना परीक्षणमा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २३ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने आज कसैको पनि कोरोनाबाट ज्यान गएको छैन । हाल देशभर ५ सय ७० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।