काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ६ सय ७८ वटा नमुना परीक्षण गर्दा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ७० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या एक हजार ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।