भारत – भारतको आसामस्थित धुब्रीमा ब्रह्मपुत्र नदीमा डुङ्गा दुर्घटना भएको छ । २५ जना मानिस बोकेको डुङ्गा निर्माणाधीन पुलनजिकै दुर्घटना भएको हो । एक स्थानीय अधिकारीले दिएको जानकारीअनुसार दुर्घटनामा परी कम्तीमा सातजना मानिस बेपत्ता भएका छन् ।

धुब्रीका प्रहरीका डेपुटी कमिशनरका अनुसार निर्माणाधीन पुल भएको स्थानमा नदीबाट आउँदै गर्दा केही सानो भाग मात्र खाली थियो । उक्त स्थानमा छेउको भागमा डुङ्गा ठोक्किएको थियो । सोही क्रममा डुङ्गा दुर्घटनामा परेको हो ।

यो क्रममा केही मानिस पौडेर बाँच्न सफल भएका थिए भने केहीको उद्धार गरिएको थियो । अहिले बेपत्ता मानिसहरुको पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।