काठमाडौं – साताको छैटौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैया कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै नेपाली बजारमा आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढ्ेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।