काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार २८४ पीसीआर तथा १ हजार ५३४ एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५२ जनाले कोरोना भाइरसलाई जितेर घर फर्कन सफल भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ जना पुगेको छ ।

हाल देशभर १ हजार १ सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।