फाइल तस्वीर

काठमाडौं – हिन्दुहरुको महान् चाड बडादसैं नजिकिए सँगै नेािली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य भने घटेको छ । महासङ्घले बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार १ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ ।