काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार परिसूचक नेप्से १५ अङ्कले वृद्धि भएको छ । तर सेयर कारोबारमा भने सङ्कुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५ दशमलव ९२ अङ्कले बढेर १८३१ दशमलव ०५ अङ्कमा उक्लिएको छ । ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

आज कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् । होटल तथा पर्यटन २० अङ्क र म्युचुअल फन्ड ० दशमलव ०६ अङ्कले घट्दा बैंकिङ १२, व्यापार १६, विकास बैंक ५१, जलविद्युत २४, फाइनान्स २१, निर्जीवन बीमा ३१, उत्पादन १६, माइक्रोफाइनान्स ३६, जीवन बीमा ५०, लगानी ० दशमलव २३ र अन्य उपसमूह ८ अङ्कले बढेका छन्।

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९ दशमलव ९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन्।