काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ जना तथा एन्टिजेन विधिबाट १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप ७६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ४४ जना पुगेको छ । नेपालमा कोरोना महामारीबाट १२ हजार १७ जनाले ज्यान गुमाएका छन् ।