काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसारे आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसुैगरी तेजावी सुनको मूल्य ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।