पत्रपत्रिकाबाट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी रा मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ । गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिने भएको छ ।

सरकारले भयरहित रूपमा निर्वाचन सम्पन्न गराउन तीनवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेपछि सेनाले मतदान स्थलको बाहिरी सुरक्षा गर्ने भएको छ । सरकारले निर्वाचन स्थलको सुरक्षाका लागि भित्री भागमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीलाई खटाउने भएको छ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले ७१ हजार ६ सय ३१ जना र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । (नेपाल समाचारपत्रबाट)