काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ सय २५ जनामा पीसीआर तथा १ हजार ७ सय ९९ जनामा एन्टिजेन परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १७ पुगेको छ । सोही अवधिमा ८४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर १ हजार १ सय ७८ जना कोरोना भाइरसको सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।