काठमाडौं – इङ्ग्ल्याण्डविरुद्धको चौथो टी२० क्रिकेटमा पाकिस्तानले रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डमाथि तीन रनको जित हात पारेको हो। पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ८८ रनको पाली खेलेका थिए । जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले १९ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । इङ्ग्ल्याण्डका लागि ह्यारी ब्रूक र लियाम डसनले समान ३४ रनको पाली खेलेका थिए भने बेन डकेटले ३३ रन बनाएका थिए ।

इङ्ग्ल्याण्डलाई अन्तिम दुई ओभरमा जितको लागि ९ रन चाहिएको थियो र हातमा तीन विकेट बाँकी थियो । तर, १९ औं ओभरमा ५ रन बनाउँदा इंग्ल्याण्डको दुई विकेट झरेको थियो । अन्तिम ओभरको दोस्रो बलमा रीस टोप्ली रनआउट भएसँगै पाकिस्तानले रोमाञ्चक जित हात पारेको हो । योसँगै सात खेलको सिरिजमा पाकिस्तानले २–२ को बराबरी गरेको छ ।