काठमाडौं – नेपालमा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर एक हजार २ सय ६ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ४० जना र एक हजार ८ सय १८जनामा गरिएको एन्टिजेन परीक्षणमा ११ जनामा गरी ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट आज आइतबार कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा थप १ सय जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

योसँगै हालसम्म नेपालमा ९ लाख ८६ हजार ३ सय ३५ जना निको भएका छन् । नेपालमा हाल एक हजार २ सय २३ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।