कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताउनुभएको छ । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उहाँले बा–आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताउनुभएको हो ।

कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा काम गरेको बताउनुभयो । नौ जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने जस्ता माग आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्छ ।

सहभागी दिपेन्द्र बिसीले प्रदेशको औचित्य छैन किन भन्नु भयो ? भन्ने प्रश्नको जवाफमा शाहीले कर्णालीमा को सरुवा हुन्छ ?, को आउँछ ? अनि को जान्छ ? थाहा नै हुँदैन यसकारण मैले प्रदेशको छैन भनेको हुँ ।