फाइल तस्वीर


काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । यसैगरी चाँदी प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ ।

शुक्रबार पहेंलो धातु छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो भने तेजावि सुन ९२ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । त्यसैगरी चाँदी प्रतितोला १२ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । डलरको मूल्य मजबुत बन्दै जाँदा सुनमा हुने लगानी खुम्चिन पुगेको सुनचाँदी व्यवसायी महासङ्घको भनाइ छ ।