फाइल तस्वीर


दमक – राजनीतिक विश्लेषक तथा नागरिक आन्दोलनका अगुवा युग पाठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट औपचारिकरुपमा उम्मदेवारीको घोषणा गर्नुभएको छ ।

नागरिक आन्दोलनका अगुवा पाठकले हिजो शनिबार झापास्थित दमक बजारको पिपलचोकमा आयोगित कार्यक्रममा बोल्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पाठकले आफ्नो यो निर्णयलाई ‘उत्स्रवण आन्दोलनको घोषणा’ भन्दै निर्वाचनको घोषणापत्रसमेत सार्वजनिक गरेका छन् । पाठकले घोषणापत्रमा नयाँ विचारसहित हामी सबै आत्मविश्वासी हुने, समाज र देशको उन्नतिको वास्तविक खाका कोर्ने र विश्वलाई नयाँ सन्देश दिने अभियानमा छौं । यो केवल चुनावमा उठ्ने वा जित्ने कुरा मात्र होइन, विश्वलाई नयाँ सन्देश दिने अवसर पनि हो’ भनि उल्लेख गरेका छन् ।

स्वतन्त्र उम्मेदवारी पाठकले ‘पुरानो राजनीतिले दिक्क र निराश भएका देशभरिका जनतालाई उत्साह दिने मौका पनि हो ।’ यसअघि जितेको निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिने पाठकले बताएका छन् ।, ‘वर्तमान हराएको मान्छेको आत्मविश्वास हुँदैन । आत्मविश्वास नभएको समाजको आत्मसम्मान हुँदैन। आत्मसम्मान नभएको देशको कुनै सपना हुँदैन’ पाठकले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् । विश्वमा यतिबेला दार्शनिक संकट आइपरेको बताउँदै पाठकले नयाँ विश्वदृष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।