काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार १ सय २६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जना तथा एन्टिजेन विधिबाट ४५ जनामा कोरोना भाइरसकोसङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १७ जना पुगेको मन्त्रालयले जनाएको छ । सोहि अवधिमा १ सय १६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ८३ जना पुगेको छ ।