प्रतिकात्मक तस्वीर

मकवानपुर – हेटौंडामा शुक्रबार पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ । शुक्रबार अपराह्न न्युरेनीस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा उनीहरु डुबेर बेपत्ता भएका हुन् ।

खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो ।

पौडी खेल्ने क्रममा खोलाले चारजनालाई बगाएकामा एकजना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।