काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज तोलामा ३० रुपैयाँले बढेर एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।