जेरुसेलम – इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७७ औं महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उनीहरूबीच भेटवार्ता भएको हो ।

यी दुई देशका नेताहरूबीच सन् २००८ पछि पहिलोपटक भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् । इजरायलका प्रधानमन्त्री जापिडको सचिवालयले जारी गरेको वक्तव्य अनुसार उनीहरूले दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल गरेका थिए । साथै, दुईपक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उनीहरूबीच छलफल भएको जनाइएको छ ।

उनीहरूले विशेष गरेर आर्थिक तथा ऊर्जा सहकार्यका बारेमा छलफल केन्द्रित गरेका थिए । दुई देशका बीचमा गएको अगस्टमा पूर्ण रूपमा कूटनीतिक सम्बन्धलाई ब्युउँताउने सम्झौता भएको थियो । रासस÷सिन्ह्वा