फाइल तस्वीर


काठमाडौं– साताको चौंथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोलामा पाँच सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको छ । तेजावी सुनको मूल्य ९० हजार तीन सय रुपैयाँमा कारोवार भएको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको हुँदा तेजावी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।