फाइल तस्वीर
सिरहा – जनमत पार्टीका कार्यकर्ताहरुले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनीहरुले आज सिरहामा राष्ट्रपति भण्डारीको पुतला दहन गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरिएको भन्दै विरोध प्रदर्शन र पुतला दहन गरिएको छ । जनमत पार्टीका कार्यकर्ताले आज सिरहामा विरोध प्रदर्शन गरेको डा. सीके राउतको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरिएको छ ।

डा.राउतको फेसबुकमा ‘नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको असंवैधानिक कदमको विरोधमा जनमत पार्टीद्वारा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुतला दहन’ ‘एमाले, काङ्ग्रेस नसच्चिए मधेस प्रवेशमा रोक लगाइने’ लेखिएको छ ।