काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुमा १५ सय ३५ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गर्दा ३९ जनामा र १९ सय ७७ जनाको एन्टीजेनविधिबाट स्वास्थ्य परीक्षण गर्दा ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये १६० जना सङ्क्रमण मुक्त भएका छन् भने अहिले देशभर सक्रिय सङ्क्रमितको सङख्या १६ सय १९ जना रहेको मन्त्रालयले जनाएको छ । यस अवधिमा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।